कृषि

चौँरीपालन व्यवसायलाई संरक्षण गर्नुपर्ने माग

१६ चैत्र, काठमाडौँ । नेपाल डेरी एशोसिएशनले चौँरीपालन व्यवसायलाई सरकारले संरक्षण गर्नुपर्ने माग गरेको छ । एशोसिएशनले यहाँ बुधबार आयोजना गरेको चौँरीपालन व्यवसायसम्बन्धी अन्तरक्रियामा एशोसिएशनका अध्यक्ष प्रह्लाद दाहालले चौँरी, याकपालन व्यवसायलाई सरकारले संरक्षण गर्दै व्यवस्थित बनाउँदा पर्यटन व्यवसाय फस्टाउन सक्ने बताए।

नेपालका २५ हिमाली जिल्लामध्ये १५ जिल्लामा चौँरीपालन हुन्छ । देशभर करिब ११ हजार पाँच सय २७ चौरी गाई रहेको तथ्याङ्क छ । चौँरी चराउन ३२÷३५ सय मिटरको उचाइमा लगिन्छ । कृषि विज्ञ लालकुमार केसीले चौँरीको दूधबाट उत्पादन हुने छुर्पी र चिज विदेशमा महँगो मूल्यमा निर्यात हुँदा विदेशी मुद्राआर्जन हुने बताए।