अन्तर्राष्ट्रिय

युएईबाट अफगानिस्तानलाई चिकित्सा सहायता, खाद्यान्न प्रदान

१८चैत्र, एजेन्सी । अफगानिस्तानका भूकम्प पीडितहरूलाई सहायता प्रदान गर्ने उद्देश्यले संयुक्त अरब इमिरेट्स (युएई) ले प्रकोप पीडितहरूलाई तत्काल चिकित्सा र खाद्य सामग्री पठाएको । खामा प्रेसले उल्लेख गर अनुसार संयुक्त अरब इमिरेट्सको

विदेश मामिला तथा अन्तरराष्ट्रिय सहयोग मन्त्रालयले शुक्रबार अफगान जनतालाई सहयोग उपलब्ध गराउने घोषणा गरेको हो ।
आज युएईले ३८ टन अत्यावश्यक चिकित्सा र खाद्य सामग्री बोकेको एउटा विमान अफगानिस्तान पठाएको छ । यस आपूर्तिले उत्तरपूर्वी अफगानिस्तानमा आएको भूकम्पबाट प्रभावित हजारौं अफगान परिवारहरूलाइ सहयोग पुर्याउने छ, खामा प्रेसले युईए मन्त्रालयलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।
विज्ञप्तिमा भनिएको -यी वस्तुहरूको अत्यावश्यक आपूर्तिले महिला, बालबालिका र वृद्धवृद्धाहरू साथै पिछडिएका समूहहरूको लागि तत्काल मानवीय सहायतामा सुधार ल्याउने अपेक्षा गरिएको छ ।
यी आपूर्तिहरू प्रदान गर्नु प्राकृतिक प्रकोपबाट प्रभावित देशहरूलाई तत्काल राहत प्रदान गर्न र महिला, बालबालिका र वृद्धहरू जस्ता कमजोर समूहहरूका लागि मानवीय सहयोग बढाउन युएईको स्थायी प्रयासहरूको एक हिस्सा हो, अफगान समाचार एजेन्सीले लेखेको छ।
यस हप्ता अफगानिस्तानमा आएको ६.५ म्याग्निच्युडको भूकम्पले दशजना भन्दा बढीको ज्यान गएको थियो भने थुप्रै घाइते भएका थिए।
अफगानिस्तानको बदख्सान, तखार, पन्जशिर र कुनार सहितका ठाउँमा करिब ६६५ घरहरू भूकम्पका कारण क्षतिग्रस्त भएका छन् ।