अन्तर्राष्ट्रिय

‘भारत विकासशील देशहरूको पक्षमा छ’

३०चैत्र, एजेन्सी । भारतका केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले बुधबार भारत ‘विकासशील देशहरूको पक्षमा’ रहेको तथा उनीहरूका विकासका चाहना र समस्या समाधानका निम्ति आवाज उठाउँदै आएको बताउँदै भारतले नै विश्वमा दक्षिणको प्रतिनिधित्व गरिरहेको दाबी गरेका छन् ।

भारत र इटालीका व्यापारीहरूको उपस्थितिमा यहाँ भएको एक कार्यक्रममा मन्त्री गोयलले भारत अल्प विकसित देशहरूको उज्ज्वल भविष्यका निम्ति संसारका अन्य भागहरूमा आवाज उठाउन सक्रिय भएर लागेको दाबी गरे। विकासको प्रक्रियामा रहेका देशलाई सघाउनुपर्छ भन्ने मान्यताका साथ भारतले विश्वमञ्चहरूमा आवाज उठाउँदै आएको उनले दोहो¥याए ।
सो अवसरमा इटालीका लागि भारतका राजदूत नीना मल्होत्राका साथै इटालीका विदेश मामिला तथा अन्तरराष्ट्रिय सहयोगमन्त्री एडमन्डो सिरिएलीलगायत उपस्थित थिए।