अन्तर्राष्ट्रिय

स्वीडेनले सुडानबाट १६० जना आफ्ना नागरिकई स्वदेश फर्कायो

१४ बैसाख, स्वीडेन । स्वीडेनको सशस्त्र बलले सुडानमा आफ्नो उद्धार कार्य सम्पन्न गरेको छ । प्रधानमन्त्री उल्फ क्रिस्टर्सनले बिहीबार सो बारे जानकारी गराएका हुन् ।
स्वीडेनको सशस्त्र बलद्वारा सञ्चालित सात उडानमा ६० स्विडेनी नागरिकसहित १६० जनालाई द्वन्द्वग्रस्त देशबाट बाहिर निकालिएको क्रिस्टर्सनले पत्रकार सम्मेलनमा बताएका हुन् । साथै केही स्विडेनी नागरिकहरूले अन्य देशहरूद्वारा सञ्चालित उडानहरूमा सुडान छोडेका थिए ।
अप्रिल १५ मा सुडानी सशस्त्र बल र र्यापिड सपोर्ट फोर्सबीच सुडानको राजधानी खार्तुम र अन्य ठाउँहरूमा हिंसात्मक झडप भएको थियो। दुवै पक्षले मङ्गलबार ७२ घण्टाको युद्धविराममा सहमति जनाएका थिए ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार अशान्ति शुरु भएदेखि अहिलेसम्म ४०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने तीन हजारभन्दा बढी घाइते भएका छन् ।
अप्रिल १९ मा स्विडेनी सरकारले खार्तुममा रहेको स्विडेनी दूतावासलाई सहयोग सशस्त्र सेना परिचालन गर्ने निर्णय गरेको थियो ।