समाचार

संवैधानिक परिषद्को बैठक भोलि बस्ने

२४ बैशाख, काठमाडौँ । संवैधानिक परिषद्को बैठक भोलि बस्दैछ । परिषद्को बैठक सोमबार साँझ पाँच बजेका लागि बोलाइएको हो ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीशको नियुक्त सिफारिस नभइरहेका बेला शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बैठकबारे छलफल गरेपछि संवैधानिक परिषद् बैठकको मिति तय भएको हो ।

संवैधानिक परिषद्मा प्रमुख प्रतिपक्षी दलका नेता पदेन सदस्य रहने व्यवस्था छ ।