समाचार

५३ तोला सुन र ६ किलो चाँदीसहित ३ जना पक्राउ

२४ बैशाख, विराटनगर । ५३ तोला सुन र ६ किलो चाँदीसहित तीन जना पक्राउ परेका छन् । पक्राउ परेकाहरुमा विराटनगर– २ का ५२ वर्षीय बिमल कामत, भारत बिहार कटीहारका ६१ बर्षीय विनोदकुमार मुरारका र ५६ वर्षीया पुष्पा मुरारका रहेका छन् ।

उनीहरूको साथबाट सात लाख ९५ हजार २ सय रुपैयाँ भारतीय रुपैयाँसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

शुक्रबार विराटनगरबाट भारततर्फ जाँदै गरेको भ्यान जाँच गर्दा प्रहरीले ५३ तोला सुन र ६ किलो चाँदी बरामद गरेको थियो ।