समाचार

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ

२४ बैशाख, काठमाडौं । नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुने भएको छ । पीडितले अन्तरिम राहत माग गर्दै परेको निवेदनमा सुनुवाइ हुनेछ ।

यस अघि जाहेरवालाको तर्फबाट चार कानुन व्यवसायीहरूले बहस गरेपछि सुनुवाइ स्थगित भएको थियो ।

लामिछानेविरुद्ध नाबालिग बालिकालाई बलात्कार गरेको आरोपमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा विचाराधीन छ ।

गत वर्ष भदौ ५ गते पटक–पटक बलात्कार गरेको आरोपमा भदौ २१ गते जाहेरी दर्ता भएको थियो ।

कसुर स्थापित भएका लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद हुन सक्छ । यस्तो कानुनका आधारमा जिल्ला अदालतले उनलाई थुनामा पठाएको थियो तर पाटन उच्च अदालतले गत पुस २८ मा लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दियो ।