राजनीति

महिला मन्त्रीमा आचार्यको नियुक्तीपछि देउवा पक्षले कोईरालासँग देखायो लचकता

२४ बैसाख, काठमाडौं । आज काँग्रेस साँसद सुरेन्द्र राज आचार्य मन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री पुष्पकमल दहालले आज आचार्यलाई महिला बालबालीका तथा समाज कल्याण मन्त्रीमा नियुक्त गरेका हुन् ।


कपिलबस्तु क्षेत्र नम्बर २ का प्रत्यक्ष निर्बाचित साँसद आचार्यले यसअघि नै मन्त्रीमा नियुक्ती हुने भनिएपनि काँग्रेसभित्रकाे भागबण्डा मिलाउने क्रममा ढिलो भएको थियो ।

यसअघि कानून मन्त्रीमा उपसभापति धनराज गुरुङ, नेताहरु स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेत र खेलकुद मन्त्रीमा डिगबहादुर लिम्बू नियुक्त भएका थिए ।

काँग्रेस बरिष्ठ नेता डा कोईराला पक्षबाट आचार्य मन्त्रीमा नियुक्त भएपछि गुरुङ र लिम्बूपछि तीन मन्त्रालय भागबण्डा परेको छ । सभापति देउवाले डा कोईराला पक्षलाई पेलेर भित्तामा पुर्याएको आरोप लागेपछि देउवा पक्षले लचकता देखिएको पुष्टी भएको छ । अाजै केहीबेरमा सपथ ख्वाइने बताइएकाे छ ।