अन्तर्राष्ट्रिय

इरान आईएईएसँगको समस्या समाधान गर्न कटिबद्ध

२६ बैशाख, एजेन्सी । इरानको विदेश मन्त्रालयका प्रवक्ताले इरान अन्तरराष्ट्रिय आणविक ऊर्जा एजेन्सी ९आईएईए० सँगको सम्बन्धमा रहेका समस्या समाधान गर्न गम्भीर रहेको सरकारी समाचार एजेन्सी इरनाले जनाएको छ।

नासेर कनानीले तेहरानमा साप्ताहिक पत्रकार सम्मेलनमा इरानी आणविक साइटहरूमा ूआईएईए निगरानी क्यामेराहरू पुनस् स्थापनाू गर्ने बारे सोधिएका प्रश्नहरूको जवाफ दिँदै सो टिप्पणी गरेका हुन्।

स्थापना एजेन्सीसँग पहिले भएका सम्झौताको ढाँचा भित्रै रहेको भन्दै कनानीले इरानले मार्चको शुरुमा आईएईएका महानिर्देशक राफेल ग्रोसीको तेहरान भ्रमणको क्रममा सहमति भएको रोडम्यापमा अगाडि बढिरहेको बताएका हुन् ।
इरानले देशको शान्तिपूर्ण आणविक गतिविधिहरू विरुद्ध केही आधारहीन मिडिया दावीहरूलाई इन्कार गरेका छन् ।

आईएईएले बुधबार इरानी आणविक साइटहरूमा निगरानी क्यामेराहरू पुनस् स्थापना गरिरहेको उल्लेख गरेको थियो ।
आईएईएका बोर्ड अफ गभर्नर्सले नोभेम्बरमा इरानलाई ूतीन अघोषितू इरानी साइटहरूमा फेला परेको ूयुरेनियम ट्रेसहरूू बारे एजेन्सीका अन्वेषकहरूसँग सहकार्य गर्न आग्रह गर्ने प्रस्ताव पारित गरेको थियो।

त्यसैगरी मार्चमा ग्रोसीको तेहरान भ्रमणका क्रममा दुई पक्षहरू इरानको सहयोग र आईएईएको निरीक्षणमा अझ बढी खुलापनमा आधारित थप अन्तरक्रिया अगाडि बढाउन सहमतिमा पुगेका थिए।