अन्तर्राष्ट्रिय

यौन दुर्व्यवहार मुद्धामा ट्रम्पलाई ५० लाख डलर जरिवाना गर्ने अदालतको फैसला

२७ वैशाख, काठमाडौँ । यौन दुर्व्यवहार मुद्धामा अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोषी ठराएको छ । न्युर्योकको अदालतले ट्रम्पलाई दोषी ठहर गरी ५० लाख अमेरिकी पीडित महिलाई दिनु पर्ने फैशला गरेको छ ।
एक म्यागेजिन लेखिका ई जिन क्यारले १९९० मा ट्रम्पले आफुलाई यौन दुर्व्यवहार गरेको र उनले गलत आरोप लगाएको पनि मानहानि समेत गरेको मुद्धा दायर भएको थियो ।
म्यानहटन फेडेरलकोटमा दुई सातासम्म चलेको सुनुवाइमा ट्रम्प आरोपित ट्रम्प भने उपस्थित थिएनन् । ट्रम्पले सुरु देखी नै आरोप मिथ्या र राजनीतिक पूर्वाग्रह भएको दाबी गर्दै आएका छन् ।
अदालतले ट्रम्पलाई २०लाख यौन दुर्व्यवहार र ३०लाख मानहानि गरेको गरी जम्मा ५०लाख अमेरिकी डलर दिनु पर्ने फैसला गरेको छ ।
अदालतको फैसलामा उनले आफ्नो सामाजिक सञ्जालमार्फत आफू माथि आरोप लगाउने महिला बारे थाहा नभएको र अदालतको फैसला अपमान जनक भएको प्रतिक्रिया दिएका छन् ।