२७ बैसाख, काठमाडौं। नेपाली काँग्रेसका बरिष्ठ नेता डा शेखर कोईरालाले नक्कली भूटानी शरणार्थी बनाएर अर्बौैं रुपैयाँ घोटाला काण्डका दोषीलाई छानबिन गरी कडा कारबाही गर्नुपर्ने बताएका छन् ।
उनले बिराटनगर बिमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै भने, ‘जोजो दोषी हो, उनीहरुलाई कारबाही हुनपर्छ यसमा इफ र बटको कुरै छैन, उनीहरुले पनिसमेन्ट पाउनुपर्छ । यसमा राजनीतिक दबाब हुनु हुँदैन ।’
आज नेपाली काँग्रेसका नेता एबम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण र उनका स्वकीय सचिव नरेन्द्र केसीलाई यस मुद्धामा थप अनुसंधानका लागि पक्राउ गरिसकेको छ । प्रहरीले काँग्रेस नेतृ एबम् साँसद्द्वय डा आरजू देउवा र मञ्जर खाँणलाई पनि पक्राउ गर्न थप प्रमाण जुटाउने कार्यमा रहेको समाचार छ ।





