राजनीति

टोपबहादुर रायमाझीलाई एमालेले गर्‍यो निलम्बन

२७ वैशाख, काठमाडौं । नेकपा एमालेले भुटानी नक्कली शरणार्थी प्रकरणमा मुछिएपछि सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ ।

अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई पार्टीले निलम्बन गरिएको एमाले महासचिव शंकर पोखरेलले विज्ञप्तिमार्फत् उल्लेख गरेका छन् ।

रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि रायमाझी फरार छन् । उनका छोरा सन्दीपलाई भने प्रहरीले पक्राउ गरिसकेको छ ।