३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोईरालाले अबका दिनमा हुने जुनसुकै निर्वाचनमा कांग्रेस पार्टी एक्लै निर्वाचनमा जानुपर्ने बताएका छन् । कांग्रेस पार्टी यतिबेला अत्यन्तै अप्ठ्यारोमा परेको बताउँदै उनले हरेक पाईलामा पार्टी एक्लै उभिनुपर्नेमा कोइरालाको जोड दिएका हुन।
अहिलेको निर्वाचन पद्धतिले विकृति बढाएको भन्दै कोइरालाले यसलाई परिवर्तन गरेर समानुपातिक प्रणालीलाई हटाउनुपर्ने धारणा राखे ।
कोइरालाले पछिल्ला दिनहरुमा राजनीतिक दल र नेताहरुप्रती आम जनताको धारणा नकारात्मक रहेकोले नेताहरु सुध्रिने समय आएको पनि बताए ।
काठमाडौमा प्रजातान्त्रिक बिचार समाजको २५औं साधारण सभालाई सम्बोधन गर्दै कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरुलाई कुनै बहानामा चोख्याउने काम हुन नहुने बताएका छन्। ‘जुनसुकै दल वा जुन तहका ब्यक्ति भए पनि कानुन बमोजिम कारबाही हुनैपर्छ।’ कोइरालाले भने।