कर्णाली प्रदेश

कालीकोटमा जीप दुर्घटना, ३ जनाको मृत्यु

२८ जेठ, काठमाडौं । कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जीपका चालक शुभकालिका २ भर्ताका ३० वर्षीय हर्के कामी, वडा नं. ८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुलेका २५ वर्षीय गोपाल सलामी मगर रहेका छन् ।

शुभकालिका गाउँपालिका ६ चिसापानीस्थित बेहुली पानतडी सडकखण्डको चौकी बजारबाट हाउडीतर्फ जाँदै गरेको लु १ च८४९८ नम्बरको जीप शनिबार राति साढे ११ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कालीकोटका डीएसपी जयश्वर रिमालले जानकारी दिए ।

उनका अनुसार जीप सडकबाट करिब १५० मिटर तल खसेको छ ।

दुर्घटनाको कारण खुलेको छैन । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।