आर्थिक

शिक्षा चुनिईन् प्रभु लाइफको अध्यक्ष

२९ जेठ, काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको अध्यक्ष पदमा शिक्षा भट्टचन चयन भएकी छन् ।आइतबार बसेको सञ्चालक समितिको बैठकले भट्टचनलाई अध्यक्षमा चयन गरेको हो । ३२ वर्षकी भट्टचन प्रभू समूहका अध्यक्ष देवीप्रकाश भट्टचनको छोरी हुन् ।

कम्पनीको पछिल्लो साधारणसभाबाट संस्थापक शेयरधनीहरुको तर्फबाट चार जना सञ्चालक निर्वाचित भएका थिए । साधारणसभाबाट अध्यक्ष शिक्षा भट्टचन सहित श्याम कृष्ण श्रेष्ठ, सुशान शेचरन र मिजास भट्टचन निर्वाचित भएका हुन् ।

आगामी असार अन्तिम सातामा एकिकृत कारोबार शुभारम्भ गर्ने रहेका प्रभू र महालक्ष्मी तयारीमा रहेका छन् ।