३० जेठ, काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमान स्थलमा पहिलो पटक उडान सुरु गरेको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले मंगलबारबाट मलेसिया -भैरहवा -काठमाडौँ व्यावसायिक उडान सुरु गरेको हो ।
भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमान स्थलमा साढे सात बजे अवतरण हुने भनिएता पनि पौने ९ बजे मलेसियाबाट अवतरण गरेको छ । १ सय ५८ सिते न्यरोबडी राष्ट्रिय ध्वजावाहक विमानको पहिलो पटक व्यावसायिक उडानलाई पर्यटन मन्त्री सुदन किरातीले विमान स्थलमा स्वगत गरेका छन् ।





