मनोरञ्जन

काठमाडौँ उपत्यकाका सबै हलहरूमा “आदिपुरुष” शुक्रबारको बिहानी शो रोकियो

१ असार, काठमाडौँ । काठमाडौँ उपत्यकाका सबै हलहरूमा “आदिपुरुष” शुक्रबारको बिहानी शो रोकिएको छ । भारतीय फिल्म “आदिपुरुष” का कारण विवाद चर्किएपछि चलचित्र संघले उपत्यकाका सबै फिल्म हललाई बिहानीको शो बन्द गर्नको लागि निर्देशन दिएको थियो ।

चलचित्र संघले शुक्रबार बिहान आकस्मिक बैठक बोलाएको छ । बैठकमा काठमाडौँ महानगरका मेयर बालेन शाहले सामाजिक सञ्जालमा दिएको अभिव्यक्ति “दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन । ” बारे छलफल र आदिपुरुषको प्रदर्शनलाई लिएर निर्णय हुने जनाइएको छ ।