आर्थिक

माछापुच्छ्रे बैंक लि.ले पायो Infosys Finacle Innovation Awards, 2023

२ असार, काठमाडौं । माछापुच्छ्रे बैंक लि.ले ग्राहकलाई प्रदान गर्ने डिजिटल सेवाको गुणस्तर र कारोबार संख्यामा उल्लेखनीय वृद्धि गर्दै डिजिटल बैंकिङ्गमा अभुतपूर्व सफलता हासिल गरे सँगै यस बैंक “Infosys Finacle Innovation
Awards,2023-Maximizing Customer Engagement-Gold” पुरस्कारबाट सम्मानित भएको छ । बहुराष्ट्रिय सूचना प्रविधि कम्पनी Infosys Finacle, India, Bangalore ले प्रदान गर्ने “Infosys Finacle Innovation Awards,2023-Maximizing Customer Engagement-Gold” नामक पुरस्कार बाट माछापुच्छ्रे बैंक लि. सम्मानित भएको हो ।

विगत दुई वर्षमा बैंकले आफ्नो डिजिटल सेवालाई निरन्तर परिष्कृत गर्नुका साथै उक्त सेवालाई सुरक्षित बनाउन नवीनतम कदमहरू चालेको छ ।Infosys Finacle ले हरेक वर्ष विभिन्न १० विधामा अवार्ड प्रदान गर्दै आई रहेको छ । यस वर्ष विश्वभरीबाट २०० भन्दा बढी कम्पनीहरु विभिन्न विधाहरुमा मनोनयनमा परेका थिए ।

माछापुच्छ्रे बैंक लि.ले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३३ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत १४ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।