पर्यटन/संस्कृति

जेठ महिनामा केबलकार यात्रा गर्नेको सख्या अहिले सम्म कै उच्च

२ असार, काठमाडौं । मनकामना केबलकारको मासिक यात्रु संख्यामा नयाँ कीर्तिमान कायम भएको छ।

आर्थिक वर्षको जेठ महिनामा झण्डै १ लाख ५० हजार यात्रुहरूले मनकामना केबुलकार मार्फत मनकामना यात्रा गरेका छन्। यस वर्षको जेठमहिनामा २५ वर्षकै सबैभन्दा बढी यात्रुको कीर्तिमान कायम भएको छ ।

यस अघि आब २०७५/७६ मा ज्येष्ठ महीनामा नै १,३५,२७२ को मासिक रेकॉर्ड थियो जून यस आब को जेठ महिनामै तोड़िएको छ । यसरी यस आ।ब को ज्येष्ठ महीनाको औसत प्रति दिन यात्री ४७ सय पुगेको छ ।

यस्तै भारतीय यात्रीहरुको उल्लेख्य वृद्धि देखिएको छ । चालु आर्थिक वर्षको ११ महिनामा कुल २,६९,७६०९ २६।४१५० भारतीय हरुले मनकामना भ्रमण गरेको जनाइएको छ ।पहिलो नंबरमा ७,०५,५९३ ९६९।०८५० सहित नेपाली यात्री रहेका छन। यस वर्ष भने औसत प्रति दिन यात्री ४७०० पुगेको कम्पनीले जनाएको छ।