समाचार

गोठ बगाउँदा दुईजना बेपत्ता

३ असार, किमाथाङ्का । सङ्खुवासभाको सभापोखरी गाउँपालिका–३स्थित सुनाम्लामा बाढीले एक गोठ बगाउँदा दुईजना बेपत्ता भएका छन् । अविरल वर्षासँगै आएको बाढीले सुनाम्लामा गोठ बगाउँदा दुई जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए।

बेपत्ताको पहिचान खुल्न नसकेको उनको भनाइ थियो । घटनास्थलमा बाह्रबिसे प्रहरी चौकीबाट प्रहरी टोली खटाइएको छ । बाढीले पशु चौपायसमेत बगाएको प्रहरीले जनाएको छ ।
यसैगरी गएराति आएको बाढीले चैनपुर नगरपालिका–१ मा आठ वटा पशु चौपाय बगाएको र घटनाबारे थप विवरण आउन बाँकी रहेको बताइएको छ ।