खेलकुद

पुरुष भलिबलः नेपाल मङ्गोलियासँग पराजित

३ असार, काठमाडौं । सेन्ट्रल एसियन भलिबल एशोसिएशन ९काभा० पुरुष भलिबल नेसन्स लिगको आफ्नो पहिलो खेलमा नेपाल मङ्गोलियासँग पराजित भएको छ ।

कीर्गिस्तानमा आज भएको खेलमा नेपाल मङ्गलियासँग ३(१ को सेटमा पराजित भएको हो । मङ्गोलियाले खेलको पहिलो सेट २५(१९ र दोस्रो सेट २५(२० ले आफनो पक्षमा पार्‍यो । त्यस्तै खेलको तेस्रो सेट भने नेपालले जित्यो । नेपालले २७(२५ ले आफ्नो पक्षमा पार्‍यो तर खेलको चौँथो सेटमा मङ्गोलिया २५(२० ले विजयी भयो ।

उक्त प्रतियोगितामा विभिन्न सात टोलीको सहभागिता रहेको छ । जसमा आयोजक कीर्गिस्तान ‘ए’ टोली, मङ्गोलिया, नेपाल, उज्वेकिस्तान, इरान, तुर्कमिनिस्तान र कीर्गिस्तानको ‘बी’ टोली छन् । अब नेपालले आफनो दोस्रो खेल भोलि कीर्गिस्तानको ‘ए’ टोलीसँग खेल्नेछ ।