समाचार

जीप दुर्घटनामा मन्त्रीकी श्रीमतीसहित दुईको निधन, घाईतेको थप उपचारका लागि नेपालगंज लगियो

५ असार, महेन्द्रनगर । दुर्घटनामा मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बझाङमा आज जीप दुर्घटना हुँदा सुदूरपश्चिम प्रदेशका एक मन्त्रीसहित पाँच जना घाइते भएका थिए । दुर्घटनामा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह घाइते भएका छन् ।

 प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीका अनुसार डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुरतर्फ आउँदै गरेको मन्त्री सिंह सवार ००१ झ ४८० नम्बरको जीप केदारस्यूँ गाउँपालिकाको बागथलामा दुर्घटनामा परेको हो । दुर्घटनामा मन्त्री सिंहकी श्रीमती अमृता सिंह, चालक धर्मराज जोशी, प्रहरी सहायक हवल्दार दीपक भण्डारी र जयदेवी सिंह घाइते भएका थिए । मन्त्री सिंहसहित घाइते सबैको स्थानीय रायल स्वास्थ्य चौकीमा उपचार भइरहेको भएपनि अहिले नेपालगंज लगिएको छ ।

थप उपचारका लागि हेलिकोप्टर मगाइएको प्रहरीले जनाएको थियो। जीप सडकबाट झण्डै एक सय मिटर तल खोलामा खसेको थियो ।