आर्थिक

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रचलनमा ल्याउने बीमा योजनाहरु (प्रोडक्ट) बारेको

१० असार, काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड आषाढ भित्र मर्ज हुने गरी तिब्र गतिमा तयारी भइरहेको छ ।

एकिकृत कारोबार पछि बन्ने “प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड” ले बजारमा विक्रिको लागि ल्याउने बीमा योजनाहरु (प्रोडक्ट) छनोट गर्नु आवश्यकरहेको जनाईएको छ ।

दुबै कम्पनीका विज्ञ कर्मचारीहरुको अध्यन विश्लेषण पछि श्रावण १ गतेबाट विक्रि वितरणको लागि पन्ध्रवटा बीमा योजनाहरु (प्रोडक्ट) छनौट भएको छ । नेपाल बीमा प्राधिकरणबाट एकिकृत कारोबार पछि प्रचलनमा ल्याउन उक्त योजनाहरु स्वीकृति समेत प्राप्त भैसकेको छ ।

इन्स्योरेन्सले भनेको छ, ‘नेपाली जनमानसको आवश्यकता, बीमितलाई पर्ने लागत, कम्पनीलाई हुने मुनाफा र योजनामा हुने सुविधाहरुलाई समेत विचार गरी पन्ध्रवटा योजना प्रचलनमा ल्याउन सार्वजनिक गरिएको छ ।’

दुबै इन्स्यारेशका प्रमुख कार्यकारी अधिकृतले हस्ताक्षर गर्दै भनेका छन्, ‘स्वीकृत बीमा योजनाहरुमा सुपर सुरक्षित बीमा, समृद्ध जीवन बीमा, चमत्कारीक हेरचाह बीमा, लोकप्रिय धन फिर्ता बीमा, स्मार्ट प्लस बीमा, बम्पर श्रीबृद्धि बीमा, गज्जवको लगानी फिर्ता बीमा, डवल धमाका बीमा, सबैको जिबन बीमा, सर्वश्रेष्ठ आजिवन बीमा, सुनौलो किरण बीमा, बैभव जीवन बीमा, जीवन उन्नती बीमा, लगानी फिर्ता बीमा र निर्धक्क जीवन बीमा योजनाहरु रहेको जानकारी गराउन चाहन्छौँ ।’