अन्तर्राष्ट्रिय

सुरक्षा कारबाहीमा छ जना आतङ्कवादी मारिए

१६ असार, इस्लामाबाद । पाकिस्तानको सुरक्षा फौजले उत्तरी वजिरिस्तान र ट्याङ्क शहरमा आतङ्कवादीविरुद्ध गरेको सुरक्षा कारबाहीमा छ जना मारिएका सेनाको अन्तर सेवा सूचना निकाय आईएसपीआरलाई उद्धृत गर्दै एआरवाई न्यूजले जनाएको छ ।

उत्तरी वजिरिस्तान जिल्लाको रजमाक क्षेत्रमा भएको दोहोरो भिडन्तमा तीन जना आतङ्कवादी मारिएका तथा ट्याङ्क शहरमा शहरमा भएको झडपमा तीन जना मारिएका छन् । सेनाले दुवै स्थानमा शुक्रबार सुरक्षा कारबाही गरेको हो । सुरक्षा बलले झडप भएका दुवै स्थानबाट विभिन्न हातहतियार र गोला बारुद बरामद गरेको छ । 

सुरक्षा बल र निर्दोष नागरिकको हत्याका साथै आतङ्ककारी गतिविधिमा संलग्न   सक्रिय समूहलाई निष्क्रिय तुल्याउन सुरक्षा फौ क्रियाशील रहेको जनाइएको छ । 

आईएसपीआरले जारी गरेको विज्ञप्तिअनुसार बुधवार बाजौर र खैबरका आदिवासी जिल्लामा गरिएको त्यस्तै प्रकृतिको कारबाहीमा चार जना आतङ्कवादी मारिएका छन् । बाजौर जिल्लाको इनायत कल्ली क्षेत्रमा शफिउल्लाह नामक आतङ्कवादी रहेको आशङ्कामा सुरक्षा कारबाही सञ्चालन गरिएको थियो ।