राजनीति

दलको झोला बोकेर विश्वविद्यालय छिर्न पाइँदैन : महामन्त्री थापा

काठमाडौँ, १८ असार । कांग्रेसका महामन्त्री गगन थापाले कुनै पनि दलको झोला बोक्ने प्राध्यापक, कर्मचारी र विद्यार्थी कसैलाई पनि विश्वविद्यालयले चिन्दैन भन्ने कुरा ऐनमै लेख्नुपर्ने बताएका छन् ।

महामन्त्री थापाले गिरिजाप्रसाद कोइरालाको १०० औं जन्मजयन्तीका अवसरमा सोमबार आयोजित कार्यक्रममा बोल्दै भने, ‘हाम्रो विश्वविद्यालयलाई अब राजनीतिक दलसँग शतप्रतिशत अलग गर्नुपर्छ ।

‘यसका लागि कानून चाहिन्छ, विश्वविद्यालय ऐन ल्याउनुपर्छ । कुनै पनि दलको झोला बोक्ने प्राध्यापक, कर्मचारी र विद्यार्थी कसैलाई पनि विश्वविद्यालयले चिन्दैन भन्ने कुरा ऐनमै लेख्नुपर्छ’, उनले भने ।

महामन्त्री थापाले दलको झोला बोकेर विश्वविद्यालय छिर्न पाइँदैन भन्ने कुरालाई स्थापित गर्नै पर्ने बताए ।