समाचार

श्रममन्त्री यादव रास्वपा केन्द्रीय सदस्यमा पराजित

१२ असार, काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यमा पराजित भएका छन् ।

मन्त्रिपरिषद्‍का अन्य आठजना सदस्यहरू रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित हुँदा उनी भने पराजित भएका हुन् ।

मन्त्री यादवले खुला ९राष्ट्रिय० केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका थिए । ६४ जना खुला ९राष्ट्रिय० केन्द्रीय सदस्यका लागि २१० जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए ।