समाचार

रास्वपा महामन्त्रीको दौडबाट रञ्जु दर्शना पनि हटिन् पछि

१२ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीमा दिएको उमेदवारी रञ्जु दर्शनाले फिर्ता लिएकी छन् ।

महामन्त्रीको प्रतिस्पर्धामा रहेकी उनले अन्तिम समयमा उमेदवारी फिर्ता लिएकी हुन् ।

विवेकशील साझा पार्टीबाट रास्वपामा आएकी दर्शना केन्द्रीय सदस्यमा भने निर्वाचित भइसकेकी छन् ।