शिक्षा

एसईई नतिजा केहीबेरमा सार्वजनिक हुँदै

काठमाडौँ, २१ असार । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले शैक्षिकसत्र २०७९ को एसईई नतिजा आजै (बिहीबार) सार्वजनिक हुने भएको छ ।

एसईई नतिजाबारे परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को कार्यालयमा बैठक जारी छ । बैठकमा सहभागी बोर्डका एक सदस्यले आजै नतिजा सार्वजनिक गर्ने निर्णय भएको जानकारी दिए ।