आर्थिक

कुमारी बैंकले ल्यायो साना तथा मझौला उद्यमी कर्जा

असार २२, काठमाडौं । कुमारी बैंक लिमिटेडले ११.११ प्रतिशतको आकर्षक ब्याजदरमा साना तथा मझौला उद्यमी कर्जा (MSME Loan) योजना ल्याएको छ ।

यस योजनाले देशको अर्थतन्त्रको मेरुदण्ड मानिने साना तथा मझौला उद्यमीहरूको व्यवसाय विकासमा महत्वपूर्ण योगदान पु¥याउने कुरामा बैंक विश्वस्त छ ।अहिलेको आर्थिक अवस्थामा न्यूनतम ब्याजमा बिना झन्झट सहज प्रक्रियाबाट पाउन सकिने यस कर्जाले उद्यमीहरुलाई प्रोत्शाहन गर्नका साथै आर्थिक अवस्थालाई शुदृढ पार्न मद्दत गर्नेछ ।

यस योजनाले साना तथा मझौला उद्यमीहरूको व्यवसाय मार्फत बजारमा स्वदेशी उत्पादनको वृद्धि, स्वरोजगारमा प्रोत्सहानका
साथै उत्पादन, रोजगारी, निर्यात वृद्धिमा पनि सहयोग पुग्ने बैंककोविश्वास रहेको छ ।