राजनीति

देशको आवश्यकता म र मेरो पुस्ताको नेता प्रधानमन्त्री बन्नु : महामन्त्री थापा

२३ असार, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशको अहिलेको आवश्यकता भनेको आफू र आफ्ना पुस्ताको युवा नेताहरु प्रधानमन्त्री बन्नु रहेको दावी गरेका छन् । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले देशको आवश्यकता भनेको युवा प्रधानमन्त्री बन्नु रहेको बताए । उनले आफू काँग्रेसको संसदीय दलको नेता बदल्नुमा पुन: लाग्न्ने र बदल्न सके आफू र आफ्नो पुस्ताको युवालाई प्रधानमन्त्री बनाउने बताए ।

त्यस्तै, महामन्त्री थापाले पुर्वप्रधानमन्त्रीलाई पुन: प्रधानमन्त्री बन्न रोक्नुपर्ने बताए । आफू संसदीय दलको नेता बदल्न कहिले पनि नथाक्नेसमेत उनले बताए । त्यतै, महामन्त्री थापाले संसदीय दलको नेता नै प्रधानमन्त्री बन्ने भएकाले त्यसमा आफू लागिपर्ने बताए ।