खेलकुद

इमर्जिङ टिम्स एसिया कप : नेपाल भारत ‘ए’ सँग ९ विकेटले पराजित

१ साउन, काठमाडौं । नेपाल भारत ‘ए’ सँग ९ विकेटले पराजित भएको छ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा कप्तान रोहित पौडेलको अर्धशतक र गुल्सन झाको आक्रमक ब्याटिङमा नेपालले भारत ए लाई १६८ रनको लक्ष्य दिएको थियो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३९.२ ओभरमा सबै विकेट गुमाएर १६७ रन बनाएको थियो । कप्तान रोहित र गुल्सनसँगै सोमपाल कामीले सम्हालेका थिए ।

रोहितले सर्वाधिक ६५ रन बनाउदा गुल्सनले ३८ रन योगदान गरे । १० ओभरत्रिभै ५ विकेट गुमाउँदा जम्मा ३७ रन मात्र बनाएको अवस्थामा कप्तान रोहितले दुई अर्धशतकीय साझेदारी गरे ।

रोहित र सोमपाल कामीले छैटौं विकेटका लागि ५३ रनको साझेदारी गरेका थिए । अघिल्लो खेलमा पाकिस्तानए विरुद्ध अर्धशतक बनाएका सोमपालले १४ रन बनाएर आउट भए ।