समाचार

प्रेस युनियनको सल्लाहकारमा दाहाल र झा मनोनीत

३ साउन, काठमाडौँ । लोकतन्त्रवादी पत्रकारको छाता संस्था नेपाल प्रेस युनियनको सल्लाहकारमा वरिष्ठ पत्रकार तारानाथ दाहाल र धर्मेन्द्र झा मनोनीत भएका छन ।

युनियनका अध्यक्ष शिव लम्सालले नेपाल प्रेस युनियनको विधान २०४८ (छैटौँ संशोधन २०७९) को धारा २३ बमोजिम नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्षद्धय दाहाल र झालाई सल्लाहकारमा मनोनीत गरेका हुन ।

मनोनीत भएका दाहाल नेपाल प्रेस युनियनका संस्थापक एवं नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष तथा झा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष हुन ।

संस्थाको लक्ष्य र उद्देश्य परिपूर्तिका लागि दाहाल र झाको योगदान महत्वपूर्ण हुने प्रेस युनियनका महासचिव दिलीप पौडेलले बताए।

नेपाल प्रेस युनियनको विधानमा सल्लाहकार मनोनयन गर्ने व्यवस्था रहेको छ ।