समाचार

ललितानिवासको प्रकरणमा निजामती कार्मचारीहरुको विरोध

३ साउन, काठमाडौं । ललितानिवासको प्रकरणमा निर्णयकर्तालाई उन्मुक्ती दिएर सहायकस्तरको कर्मचारिलाई पक्राउ गरेको भन्दै विरोध गरेका छन् ।

निजामती कार्मचारीहरुले ‘निजामती सेवा संरक्षण समूह’ बनाई ललितानिवास प्रकरणमा तल्लो तहका कर्मचारीहरुको कुनै भूमिका नहुने भन्दै विरोध गरेका हुन् ।

उनीहरुले निर्णयकर्तालाई कार्बाही नगर्ने तर तल्लो तहका विभिन्न पदका निजामती कार्मचारीहरुलाई अनुसन्धानको लागि दायरामा ल्याएकोले गम्भिर ध्यानाकर्षन भएको बताएका छन् ।

विज्ञप्तिमा जारी गर्दै भनेका छन्, ‘यस घटानाबाट मनोबल गिरेको, कार्यस्थलमा उपस्थित भई नियमित कार्यसम्पादन गर्न र निर्णय प्रक्रियामा सहभागिता जनाउन समेत हतोत्साही बनाएको, जथाभावी भएको धरपकडले तलदेखि उपल्लो तहसम्मका आमकर्मचारीहरू आतङ्कित बन्न पुगेका र असुरक्षित महशुस गरेको संवेदनशील अवस्था पैदा भएको छ ।’