समाचार

सिनामंगलमा शङ्कास्पद बस्तु राख्ने पक्राउ

३ साउन, काठमाडौँ । काठमाडौँको सिनामंगलमा शङ्कास्पद बस्तु राख्ने एक व्यक्ति पक्राउ परेको छ ।
पक्राउ पर्नेमा रौतहटका २८ वर्षीय जाञ्ची पासवानलाई पक्राउ गरेको काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी दान बहादुर कार्कीले जानकारी दिए । उनलाई पक्राउ गरि गौशला वृत्तमा लगेर अनुसन्धान भइरहेको छ ।

बुधवार बिहान सिनामंगल स्थित खोटाङ हलेसी सुनचाँदी पसलअगाडि तर्साउनलाई बम जस्तो देखिने गरी ब्याट्रीमा तार बेरेर राखेको थियो ।
शङ्कास्पद वस्तु नेपाल प्रहरी र नेपाली सेनाको टोलीले उक्त वस्तु निष्क्रिय पारिसकेको छ । शङ्कास्पद वस्तु नजिकै नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चासमेत भेटिएको थियो ।