समाचार

भद्रकुमारी घले सेवा सदनमा महानगरले चलायो डोजर

3 श्रावण, काठमाडौं । काठमाडौं महानगरपालिका प्रहरीले अनामनगरस्थित भद्रकुमारी घले सेवा सदनको संरचना भत्काएको छ । महानगर प्रहरी टोलीले बुधबार दिउँसो सेवा सदनको भवनमा डोजर चलाएको हो ।

त्यस्तै, महानगर प्रहरीले सडकभन्दा भित्री भागमा रहेका भवन पनि खाली गराउने काम गरिरहेको छ । घले सेवा सदन सार्वजनिक जग्गामा निर्माण भएको भन्दै महानगरले तीन दिनअघि नै उक्त भवन खाली गराउन निर्देशन दिएको थयो ।

सदन सञ्चालक समितिले भने आफू गलत नरहेको र भवनको लालपुर्जा आफ्नै निजी रहेको बताउँदै आएको छ ।