समाचार

योङ वर्ल्ड पोलिटिसियन अफ द इयर अवार्ड सांसद गौतमलाई

४ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमलाई ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्ड ले सम्मान गरेको छ ।

विभिन्न देशका १५ सांसद, मेयर लगायतलाई सर्टलिस्टमा समेटिएका थिए । सर्टलिस्टमा समावेशमध्ये ५ जनालाई सम्मानका साथै अवार्ड प्रदान गर्दै आइरहेको छ जसमा नेपालको कान्छी साँसद सबिता गौतम पनि परेका छन् ।

आयोजक वन योङ वर्ल्डका अनुसार प्रतिस्पर्धीहरूमध्येबाट २७ वर्षीया सोबिता गौतमसँगै क्यानडाकी एरिइल्ले कायाबागा, अष्ट्रेलियाकी अयोर मकुर चुओट र न्यूजील्याण्डका मोको तेपानिया र बेल्जियमका स्यामुअल कोगोलातीले अवार्ड हात जितेका छन् ।