समाचार

जनमत पार्टीले गर्‍यो पाँच जना नेतालाई कारबाही

४ साउन, काठमाडौं । जनमत पार्टीले विधान विपरित काम गरेको आरोपमा ५ जना नेतालाई कारबाही गरेको छ ।

पार्टिको अनुशासन उलंघन गरेपछि शिवचन्द्र कुशवाहा, गुलाब मण्डल, शंकर खड्का, भोपेन्द्र यादव र भगवान दास यादवलाई कारबाही गरेको हो ।
शिवचन्द्र कुशवाहलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ । भने गुलाब मण्डल, शंकर खड्का, भोपेन्द्र यादवलाई एक वर्षका लागि पार्टीको सदस्यबाट निलम्बन गरेको छ । त्यस्तै भोपेन्द्र यादवलाई केन्द्रीय सचिवालयबाट ३ महिनाको लागि निलम्बन गरेको हो ।