समाचार

प्रधानमन्त्री दाहालसंग कतारका राजदूतको शिष्टाचार भेट

४ साउन , काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहालसंग नेपालका लागि कतारका राजदूत युसूफ बिन मोहम्मद अल–हइलले आज शिष्टाचार भेट गरेका छन ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो अवसरमा द्विपक्षीय सम्बन्ध र आपसी हितका विषय छलफल भएको बताइएको छ ।