समाचार

एसईईमा पुनर्योग गर्नको लागि आज अन्तिम म्याद

५ साउन, काठमाडौं । एसईई परीक्षाको नतिजामा चित्त नबु्झेकाहरुले पुनर्योग गर्नको लागि आज अन्तिम म्याद रहेको छ ।

कक्षा १० का विध्यार्थीहरुले प्राप्त अङ्कमा पुनर्योग गर्न चाहनेका लागि यही साउन ५ गते सम्म आवेदन दिनुपर्ने राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको थियो ।

रिचेकको लागि सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमा वा सिधै भक्तपुरको सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयमा गएर आवेदन दिन सकिने छ ।

१७ चैत गतेदेखि सन्चालित एसईई परीक्षाको नतिजा गत असार २१ गते सार्वजनिक भएको थियो । एसईईको पूरक परीक्षा यही साउन २६ र २७ गते हुने भएको छ । परीक्षार्थीहरुले बढीमा दुई विषयमा ग्रेड वृद्धिका लागि आवेदन दिन सकिने छ ।