समाचार

अण्डाको मूल्य वृदी भएर प्रतिक्रेट ६ सय रुपैयाँ

५ साउन, काठमाडौँ । अण्डाको मूल्यमा वृदी भएको छ । उत्पादनमा कमी आएको भन्दै अन्डाको मूल्य आकासिएको छ ।

बर्डफ्लु महामारी, बैङ्कको ऋण, आर्थिक मन्दीलगायत जस्ता कारणले अन्डा उत्पादनमा कमी आएकोले अण्डाको मूल्य आकासिँदै गएको छ । अण्डा उत्पादनमा कमी भएपश्चात् उत्पादक, होलसेल र वितरकले हप्तैपिच्छे मनपरी मूल्य बढाएका छन् ।

होलसेल मूल्य नै बढेपछि अन्डाको खुद्रा मूल्य झनै बढेको छ । खुद्रा बजारमा अन्डा प्रतिक्रेट ५ सय ३० देखि ६ सय रुपैयाँसम्ममा बिक्री भएको छ । त्यस्तै, प्रतिगोटा अन्डा २० रुपैयाँसम्ममा बिक्री गरिरहेका छन् ।