समाचार

सुन तस्करीमा जो भएपनि कारबाही हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

५ साउन, काठमाडौँ । उनले सुन प्रकरणको अनुसन्धान जरासम्मै पुग्ने बताएका छन् । जोसुकै र जस्तोसुकै भएता पनि यसको जरा सम्मै कारबाही प्रक्रिया अघि बढाउने बताएका छन् ।
सुन प्रकरण वास्तविक घटना बुझ्नको लागि उम प्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा पुगेका हुन् । त्रिभुवन विमानस्थलमा भन्सार जाँच पास भएपछि बरामद भएको करिब एक क्विन्टल को घट्नालाई बुझ्नाको लागि गएका हुन् । उनी सँग प्रहरी प्रमुख, राजस्व अनुसन्धान प्रमुख, राष्ट्रिय अनुसन्धान प्रमुख र अध्यागमन कार्यालयका प्रमुख गएका छन् ।

राजस्व अनुसन्धान विभागले उक्त सुन बरामद भएपछि अहिले सम्म १० जना पक्राउ परेका छन् ।