समाचार

प्रधानमन्त्री दाहाल आज इटाली जाँदै

६ साउन, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल आज इटाली जाने भएका छन् ।
संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको ‘फुड सिस्टम समिट प्लस टु’मा सम्बोधन गर्नका लागि प्रधानमन्त्री जाने भएका हुन् ।
नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री संयुक्त राष्ट्र सङ्घको इटालीको रोममा आयोजना हुने ‘युनाटेड नेशन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’ यही साउन ८ देखी १० गते सम्म हुने कार्यक्रममा सम्बोधन गर्ने भएका छन् । उनले अतिकम विकसित मुलुकको अध्यक्षको हैसियतमा उनले विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्रीले भ्रमणका क्रममा संयुक्त राष्ट्र सङ्घका विभिन्न उच्च अधिकारीसँग भेटवार्ता गरेर यही साउन १२ गते स्वदेश फर्कने कार्यक्रम तय भएको छ।