६ साउन, सुर्खेत । जुम्लाको गुठीचौरका ७ वटा घरमा अज्ञात समूहले आगजनी गरेको छ ।
गुठीचौर गाउँपालिका-४ मा रहेका सात घर अज्ञात समूहले शुक्रबार राति आगजनी भएको जुम्ला प्रहरीले जनाएको छ ।
गुठीचौर गाउँपालिका-४ धवलपुर गाउँका प्रेम न्यौपाने र खडान्द पाण्डे, बाउली गाउँका कविदत्त न्यौपाने, डाँडाबाडा गाउँका कविदत्त न्यौपाने, दलिबाडा गाउँका लालचन्द्र सार्की र बिगारे गाउँका भीमप्रसाद जैसीका घरमा अज्ञात समूहले आगजानी गरेको हो ।
गुठीचौरकै धिता र देपाल गाउँमा पनि आगजानी भएको बताइएको छ । उक्त अज्ञात समूहले शुक्रबार राति ११ देखि १ बजेको बीचमा आगजानी गरेको प्रहरीले जनाएको छ ।
उक्त घटनाबाट कुनै मानवीय क्षति नभए पनि घरका झ्याल, ढोका र गोठहरु जलेको प्रहरीले बताएको छ ।





