समाचार

२६ जना सहसचिवको सरुवा, को कहाँ ? (सुची)

७ साउन, काठमाडौं । सरकारले २६ जना सहसचिवको एकैपटक सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार २६ जना सहसचिवको विभिन्न मन्त्रालय र विभागमा सरुवा गरेको हो ।

संघीय मामिलाका प्रदीपराज अधिकारी सन्चार मन्त्रालयमा, तीर्थराज भट्टराई बागमती प्रदेश, ज्ञानराज सुवेदी राष्ट्रिय सतर्कता केन्द्रबाट भौतिक मन्त्रालय, यमलाल भुसाल राष्ट्रिय योजना, सुनिल पौडेल भौतिक पूर्वाधार विकास मन्त्रालय लुम्बिनीमा सरुवा भएका छन् ।