समाचार

त्रिभुवन विमानस्थल भन्सार अधिकृतसहित ६ जना पक्राउ

७ साउन, काठमाडौं । एक क्विन्टल सुन तस्करी प्रकरणमा थप ६ जना पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागको विशेष टोलीले आइतबार त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ३ जना कर्मचारी र ३ जना भन्सार एजेन्टलाई पक्राउ गरेको हो ।

विभागका अनुसार पक्राउ पर्नेमा भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवम् जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ रहेका छन् । भन्सार एजेन्ट यादवशंकर पराजुली, सुदर्शन गौतम र रुकमिना सुब्बा पनि पक्राउ परेका छन् ।

यो सँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १६ जना पुगेको छ ।