समाचार

मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३३ जना घाइते

७ साउन, धनगढी । अछामको पञ्चदेवल विनायक नगरपालिका-४ को कालिकास्थान नजिकै मलामी बोकेर घाटतिर जाँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार आइतबार दिउँसो मलामी बोकेर घाटतिर जाँदै गरेको भे १ त ६७५६ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा पञ्चदेवल विनायक नगरपालिका-६ का २३ वर्षीय बिर्ख बिकको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा परेर ट्र्याक्टरमा सवार अन्य ३३ जना घाइते छन् । घाइतेहरुमध्ये चार जनाको अवस्थाको गम्भीर रहेको छ । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ ।