राजनीति

केन्द्रीय सदस्य राजीव कोईरालाको प्रस्तावः दुई पटक भन्दा बढी प्रधानमन्त्री बन्न नपाईने नियम बनाऔं

८ साउन, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य राजीव कोईरालाले काँग्रेसको केन्द्रीय समिति बैठकमा लाईभ भएकाले नयाँ गति दिने आफुलाई लागेको बताएका छन् ।
उनले बिश्वभर बस्ने नेपालीहरुले काँग्रेस केन्द्रीय समिति बैठकको बारेमा जानकारी मिल्नु राम्रो भएको बताए । उनले अन्तर्राष्ट्रिय सम्बन्ध, प्रदेश, बाहिरी पार्टीलगायतका बिषयमा कुरा गर्दा केन्द्रीय सदस्यलाई गाह्रो हुने आफुलाई लागेको बताए ।

उनले केन्द्रीय पार्टीका भातृसंस्थाका संरचनालाई पूर्णता दिएर कृयाशील गराउने, सबै निर्बाचन क्षेत्रबाट सुझाव लिने, कृयाशील सदस्यता बितरण, अद्यावधीक कार्य अगाडी बढाउनु, पार्टीका कार्यकर्ताहरुको मूल्याँकन गर्ने कार्य गर्ने, अपारदर्शी कृयाशील सदस्यता बन्द गर्ने, देशभर आमसभा गर्ने, पालीकाको पालीकाले, वडाको वडाले, संघको संघले टिकट बितरण गर्ने, दुईपटक भन्दा बढी प्रधानमन्त्री वा महत्वपूर्ण पद लिन नपाउने नियम लगाउने, पार्टीका सबै गतिबिधिलाई केन्द्रले अनुगमन गर्ने परिपार्टी बसाल्नेलगायतका महत्वपूर्ण सुझावहरु नेता कोईरालाले दिएका छन् ।
उनले आजको केन्द्रीय समिति बैठकमा बोल्दै पार्टीका कतिपय नेताहरुलाई अनुशासनको कारबाही हुनेगरेको भन्दै कतै कतै खोल्ने र कतै कतै कारबाही रहिरहने गरेको हुँदा उक्त कार्य गलत भएको बताएका छन् । उनले कित सबैतिर कारबाही खुल्ला हुनुपर्छ कि त कतै कतै खोल्नु नहुने उनको धारणा छ ।