राजनीति

काँग्रेसको बिकल्प काँग्रेसमात्र हो, बैठकले पार्टीको गन्तब्य दिनसक्नुपर्छः नेता डा कोईराला

९ साउन, काठमाडौं । नेपाली काँग्रेसका पूर्व महामन्त्री डा शसााँक कोईरालाले नेपाली काँग्रेसको बिकल्प नेपाली काँग्रेसमात्र हुनसक्ने बताएका छन् ।
आजको उनले गरेको काठमाडौंस्थीत एक ब्याँकेटको चियापान कार्यक्रममा बोल्दै नेता डा कोईरालाले छोटो मन्तब्यका साथ उक्त कुरा बताएका हुन् ।

नेता डा कोईरालाले काँग्रेस केन्द्रीय समिति बैठकले थकित भएको थकान मेटाउन आफुले भाइचाराको सम्बन्ध स्थापित गर्न चियापान आयोजना गरेको भन्दै आउँदो दिनमा कता जाने हो भन्ने तय गर्नुपर्ने विचार ब्यक्त गरेका छन् । उनले भनेका छन् ‘नेपाली काँग्रेसको विकल्प अरु छैनन् नेपाली काँग्रेस नै हो। भविष्य नेपाली काँग्रेससँग छ । हामी एक भयौँ भने नेपाली काँग्रेसलाई कसैले हराउन सक्दैन। त्यसैले एक भएर जाऔँ।’
नेता कोईरालाको चियापान कार्यक्रममा सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता डा शेखर कोईराला, उपसभापति पूर्वबहादुर खड्का, महामन्त्री गगन कुमार थापालगायतका अधिकाँस केन्द्रीय पदाधिकारी तथा सदस्यहरुसहित कार्यकर्ता तथा शुभेच्छुकहरुको बाक्लो उपस्थिति थियो ।