राजनीति

अध्यक्ष ओलीको गृहमन्त्रीतर्फ कडा प्रश्नः १५५ किलो सुन कसले बोकायो भरियालाई ? गृहमन्त्रीले जवाफ दिनुपर्दैन ?

९ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहमन्त्री नारायणकाजी श्रेष्ठप्रति कडा रुपमा प्रस्तुत भएका छन्।
उनले आज उपप्रधान एबम् गृहमन्त्री श्रेष्ठको १५५ किलो सुन तस्करी काण्डमा संलगनता छ कि छैन भन्ने कुराको जवाफ दिनुपर्ने भन्दै प्रश्न गरेका हुन् ।
प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका पुर्वप्रधानमन्त्री ओलीले नारायणकाजी श्रेष्ठलाई कडा प्रश्न सोध्दै भनेका छन्, ‘उहाँको संलग्नता छ कि छैन। छैन भने कसको संलग्नता छ। त्यतिकै अर्काको गालामा बियाँ टास्ने होइन। यो अत्यन्तै अनैतिक क्रियाकलाप हो, सुनको मालिक को हो? कसले बोकायो भरियालाई ? यसको जवाफ गृहमन्त्रीले दिनुपर्दैन।’
१५५ निलो सुन तस्करीको बािष्यमा नेकपा एमालेले केहीदिनदेखी गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागसमेत हुँदै आएको वस्थामा अध्यक्ष ओलीको कडा प्रश्न आएको छ ।