मनोरञ्जन

‘पियार’ सार्वजनीक

काठमाडौं । अभिनेत्री मल्लिका महत र अनुज गुरुङको अभिनयमा रहेको ‘पियार’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायिका निखिता थापा र गायक जनक ताम्राकार युगल गायन रहेको छ। हृदय स्पर्शी यस गीतमा शब्द, संगीत महेश ताम्राकारको रहेको छ भने प्रसन परियारको संगीत संयोजन रहेको छ ।

उत्तम हुमागाईले छायाँकन गरेको यस गीतको भिडियोलाई बिकाश धमलाले सम्पादन गरेका हुन् । निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियोको निर्मात्री दिलु गुरुङ हुन् ।

भिडियो गायक ताम्राकारको युट्युव च्यानल ‘जनक ताम्राकार’ मार्फत सार्वजनिक भएको हो । यसअघि मल्लिका र अनुज अभिनित ‘नौडाँडा पारी २’ बोलको म्युजिक भिडियो दर्शक स्रोता माझ लोकप्रिय भैसकेको छ ।